मतगणना अपडेट : देशभर कुन दलले जिते ? कसको कति स्थानमा अग्रता?
देशभर स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ। मत गणना भएको पहिलो दिन १४ स्थानको परिणाम सार्वजनिक भएको छ। जसमा नेकपा एमाले अगाडि रहेको छ। एमालेले ६ वटा प्रमुख जितेको छ भने उसलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ। उनीहरुपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छन् ।
कुनमा दलले कति प्रमुख र उपप्रमुख जिते ?
नेकपा एमालेले ६ स्थानमा प्रमुख जितेको छ भने ५ स्थानमा उपप्रमुख जितेको छ। त्यस्तै नेपाली काग्रेसले प्रमुख र उपप्रमुखमा ५/५ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १ स्थानमा प्रमुख र २ स्थानमा उपप्रमुख जितेको छ। एकीकृत समाजवादीले २ स्थानमा प्रमुख र १ स्थानमा उपप्रमुख जित हात पारेको छ। जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र राप्रपाले अहिलेसम्म खाता खोल्न सकेका छैनन्।
कहाँ कसको कति अग्रता?
नेकपा एमालेले १५५ स्थानमा प्रमुखमा अग्रता कायम गरेको छ भने १६४ स्थानमा उपप्रमुखमा अग्रता कायम गरेको छ। त्यस्तै नेपाली काग्रेसले २१६ स्थानमा प्रमुखमा अग्रता लिएको छ भने १७६ स्थानमा उपप्रमुखमा अग्रता लिएको छ।
माओवादी केन्द्रले ९३ स्थानमा प्रमुखमा अग्रता लिएको छ भने उपप्रमुखमा १२ स्थानमा अग्रता लिएको छ। लोसपाले २ स्थानमा प्रमुखमा अग्रता लिएको छ भने उपप्रमुखमा १ स्थानमा अग्रता लिएको छ। एकीकृत समाजवादीले ९ स्थानमा प्रमुखमा अग्रता लिएको छ भने ११ स्थानमा उपप्रमुखमा अग्रता लिएको छ।























