वडा नम्बर २ अपडेट : एमालेका श्रेष्ठ जित नजिक, ६१० मतले अघि

ए वान डेस्क
१ जेष्ठ २०७९, आईतवार १७:०३

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार वडा नम्बर २ मा नेकपा एमाले निकै अग्रस्थानमा देखिएको छ ।

मत परिणाम अनुसार नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार धन बहादुर श्रेष्ठले ११६९ मत ल्याउदा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार तिलक बहादुर श्रेष्ठले ५५९ मत ल्याउनुभएको छ ।

यसैगरी नेपाली काग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बिजय बोम्जनले ४५३ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो मतपरिणाम २६०० मत गन्दाको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*