जीतपुरसिमरा २ मा एमालेका श्रेष्ठको प्यानल फराकिलो मतले विजयी
जीतपुरसिमरा उपमहानगरपालिका २ मा नेकपा एमालेका उम्मेदवार धनबहादुर श्रेष्ठको प्यानल फराकिलो मतले विजयी भएको छ ।
वडा नं. २ को अन्तिम मत परिणाम अनुसार एमालेका उम्मेदवार श्रेष्ठ आठ सय ९० को मतान्तरसहित विजयी भएका हुन् । श्रेष्ठले एक हजार ६ सय ४४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका तिलकबहादुर श्रेष्ठले सात सय ५४ मत पाएका छन् ।
माओवादीका उम्मेदवार श्रेष्ठ निवर्तमान वडाध्यक्ष हुन् । उनि अघिल्लो स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुँदा एमालेका उम्मेदवार श्रेष्ठ वडा सदस्यमा विजयी भएका थिए ।
यसैगरी नेपाली कांग्रेसका विजय बोम्जनले ६ सय १७ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार नेत्रबहादुर श्रेष्ठले एक सय ३७ मत पाएका छन् । राप्रपाका उम्मेदवार यादव अधिकारीले एक सय २६ मत प्राप्त गरेका छन् ।























