ताजा अपडेट – जीतपुरसिमरा ६ मा एमालेका अंसारीको प्यानलनै विजयी
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ नेकपा एमालेका कैमुदिन अंसारीले जीत निकालेका छन् । अंसारीले ७० मत अन्तरले आफ्नो जीत निकालेका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी फैस अंसारीले ३६७ मत ल्याएका थिए भने अंसारीले ४४० मत ल्याएका हुन् ।
अंसारी २०७४ सालको निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो भने यस पालिपनि आफ्नो प्यानल सहित निर्वाचित भएका हुन ।























