जीतपुरसिमरा २० : एमालेका अंसारी दोस्रो पटक वडाध्यक्षमा निर्वाचित

ए वान डेस्क
२ जेष्ठ २०७९, सोमबार १०:३९

जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार रसुल मिया अंसारीको प्यानल विजयी भएको छ ।

नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका मिया पाँच सय ९० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका ईनरदेव राउत अहिले चार सय ९० मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश चौधरीले चार सय ७५ मत प्राप्त गरे ।

अंसारीले एक सय मतान्तरको जित निकाल्दै दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा अंसारी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*