निजगढ ताजा अपडेट : प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमालेलाई अग्रता

ए वान डेस्क
२ जेष्ठ २०७९, सोमबार १४:३१

निजगढ नगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । हालसम्म गणना भईसकेको तीन वटा वडाको मतपरिणामअनुसार गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका सुरेश खनालले अग्रता कायम राखेका हुन् ।

गणना सम्पन्न भएको वडा नं। ११, १२ र १३ को मतपरिणाम अनुसार प्रमुख पदका उम्मेदवार खनालले दुई हजार दुई सय २२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सुरथ पुरीले एक हजार नौ सय चार मत प्राप्त गरेका छन् ।

उपप्रमुख पदका भने एमालेकी उम्मेदवार थिङले दुई हजार ९ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार दंगालले एक हजार सात सय ९ मत पाएका छन् । उपप्रमुखमा थिङ तीन सय मतले अग्र स्थानमा छिन् ।

तीन वटा वडाको गणना भईसकेको निजगढमा अहिले वडा नं। ७, ८, ९ र १० को गणना जारी छ । गणना सम्पन्न भएको तीन वटै वडामा कांग्रेसले जीत हात पारेको छ ।

वडा नं. ११ मा सहिया गुरो थारु, वडा नं. १२ मा ज्ञानबहादुर गोले र वडा नं. १३ मा सुर्य घलान विजयी भईसकेका छन् । तीन वटै वडामा एमालेलाई दोस्रो स्थानमा राख्दै कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
हालसम्म गणना भएको तीन वटै वडामा प्रमुख, उपप्रमुख र वडाध्यक्षले प्राप्त गरेको मत:
वडा नं. ११
सुरेश खनाल गठबन्धन ६३०
सुरथ पुरी एमाले ६९८
रविराज दंगाल गठबन्धन ४६२
सोममाया थिङ एमाले ७१९
वडाध्यक्ष उम्मेदवार
सहिया गुरो थारु कांग्रेस ६९०
बाबुराम स्याङतान एमाले ६८२

वडा नं। १२
सुरेश खनाल गठबन्धन : ८२१
सुरथ पुरी एमाले : ६२३
रविराज दंगाल गठबन्धन : ६५८
सोममाया थिङ एमाले : ६९१
वडाध्यक्ष उम्मेदवार:
ज्ञानबहादुर गोले कांग्रेस ८७१
युवक मोक्तान एमाले : ६२२

वडा नं. १३
सुरेश खनाल गठबन्धन : ७७१
सुरथ पुरी एमाले : ५८३
रविराज दंगाल गठबन्धन: ५८९
सोममाया थिङ एमाले : ५९९
वडाध्यक्ष उम्मेदवार:
सुर्य घलान कांग्रेस- ७७९
कमान सिंह एमाले: ५८६

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*