जीतपुरसिमरा वडा नम्बर ५ मा कांग्रेसका दिपेन्द्र चौधरी प्यानल सहित बिजयी

ए वान डेस्क
२ जेष्ठ २०७९, सोमबार १५:४५

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलिया नेपाली काग्रेसका दिपेन्द्र चौधरीले जीतेका छन् । चौधरीले ९ सय ६ मत ल्याएर जीत निकालेका हुन् ।

माओवादि केन्द्रबाट २०७४ मा निर्वाचित मोहित चौधरीलाई पराजीत गर्दै दिपेन्द्रले जीत निकाल्न सफल भएका हुन् । बकुलियामा दिपेन्द्रले चौधरीलाई ५ सय १४ मत अन्तरले पराजीत गर्न सफल भएको हो ।

प्यानलमा सहित निर्वाचत भएका दिपेन्द्र २०७४ सालको निर्वाचनमा वडा अध्यक्षमा समान्य मतले पराजीत भएका थिए । भने यसपालि उनि प्यानल सहित जीतेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*