भरतपुरमा १० मतले रेनु अगाडि

ए वान डेस्क
२ जेष्ठ २०७९, सोमबार २१:१८

भरतपुर महानगरपालिकाका मेयरकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छिन् । उनले १५ हजार ७ सय ३३ मत गणना गर्दा ५ हजार २ सय ५३ मत ल्याएकी छिन् ।

नेकपा एमालेका विजय सुवेदीले ५ हजार २ सय ४३ ल्याएका छन् । स्वतन्त्र तर्फबाट उम्मेदवार रहेका जगन्नाथ पौडेलले २ हजार ५ सय १ मत ल्याएका हुन् ।

नेपाली कांग्रेसका उपमेयरको उम्मेदवार चित्रसेन अधिकारीले ६ हजार ३ सय २७ र राप्रपाकी हिमला गुरुङले ४ हजार २ सय ४४ मत ल्याएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*