बालेनले कटाए ८ हजार मत, केशव-सिर्जनाले कति ल्याए भोट ?

ए वान डेस्क
२ जेष्ठ २०७९, सोमबार २१:२२

काठमाडौं महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले ८ हजार मत कटाएका छन् ।

केही समयअघि प्राप्त मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ८ हजार ३७ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन् ।

त्यसैगरी, प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ४ हजार २५९ र नेपाली कांग्रेसका सिर्जना सिंहले ३ हजार ७०३ मत प्राप्त गरेकी छन् ।

अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मत गणना कार्य जारी छ । अहिले गणना भइरहेको ४ र ३१ वडामा पनि बालेनलाई अत्यधिक मत प्राप्त भएको छ । वडा नम्बर ४ मा ९ हजार र ३१ मा ११ हजारभन्दा बढी मत खसेको थियो ।

वडा नम्बर १ र २ को मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । दुवै वडामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*