जीतपुरसिमरा : ९ र १५ को मतगणना शुरु, १० र १४ को शुरु गर्ने तयारी

ए वान डेस्क
३ जेष्ठ २०७९, मंगलवार ११:३९

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतगणनाको प्रारम्भीक मतपरिणाम आउने क्रम जारी छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा अहिले धमाधम मतगणना भईरहेको छ ।

निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार केहिबेर अघिदेखि वडा नम्बर ९ र १५ को मतगणना शुरु भएको छ । सहायक निर्वाचन अधिृकत बालाराम खड्काका अनुसार अहिले वडा नम्बर ९, १५ र १६ को मतगणना भईरहेको छ ।

प्रारम्भीक मतपरिणाम अनुसार वडा नम्बर १६ मा नेकपा एमाले अगाडी छ भने ९ र १५ को मतपरिणाम आउन सकेको छैन् ।

यसैबिच, वडा नम्बर १० र १४ को मतगणना गर्ने तयारी भईरहेको छ । सहायक निर्वाचन अधिकृत बालाराम खड्काका अनुसार वडा नम्बर १० र १४ को मतगणना गर्ने तयारी भईरहेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*