वडा ११ अपडेट : माओवादीको प्यानलनै विजयी, यस्तो छ अन्तिम मतपरिणाम
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतगणना आउने क्रम जारी छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा अहिले वडा नम्बर १२ र १३ को मतगणना भईरहेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार केहिबेर अघि वडा नम्बर ११ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार वडा नम्बर ११ मा नेकपा माओवादी केन्द्रका बिन्दालाल साह विजयी हुनुभएको छ ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बिनोद यादवलाई ४४० मतान्तरले पराजि गर्दै माओवादी केन्द्रका साह वडा अध्यक्षमा विजयी हुनुभएको हो । साहले अध्यक्षमा १०८२ मत ल्याउदा नेकपा एमालेका यादवले भने ६१२ मत ल्याउनुभएको थियो ।
मेयरमा कसको मत कति ?
साझा गठबन्धन राजन पौडेल : ८२३
नेकपा एमाले सरस्वती देवी चौधरी : ७७२
उप–मेयरमा कसको मत कति ?
नेकपा एमाले भोला अधिकारी : ६३७
साझा गठबन्धन मेघा शाही : ३३३























