जीतपुरसिमरामा मेयर : पौडेल जित नजिक, चौधरीलाई हम्मे हम्मे

ए वान डेस्क
४ जेष्ठ २०७९, बुधबार १७:१४

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतगणना भईरहेको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा अहिले वडा नम्बर १२ र १३ को मतगणना भईरहेको छ ।

२४ वटा वडा रहेको जीतपुरसिमरा उपमहानगरपालिकामा अहिलेसम्म २२ वटा वडाको अन्तिम परिणाम आईसकेको छ । मतपरिणाम अनुसार नेकपा एमालेले ११, नेपाली काग्रेसले ५, नेकपा माओवादी केन्द्रले ४, लोसपा र नेकपा एकिकृत समाजवादी पार्टीले समान एक एक वडामा जित हासिल गरेका छन् ।

उपमहानगरपालिकामा मेयर पदमा साझा गठबन्धनको तर्फबाट राजन पौडेल, नेकपा एमालेको तर्फबाट सरस्वती देवी चौधरी, लोसपाको तर्फबाट सञ्जय साह, राप्रपाको तर्फबाट माधव त्रिपााठी लगायत उम्मेदवार हुनुहुन्छ । तर अहिले मुख्य गरी साझा गठबन्धनको तर्फबाट नगर प्रमुखका उम्मेदवार पौडेल र नेकपा एमालेको तर्फबाट चौधरी मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ ।

पौडेल र चौधरीको प्रतिस्पर्धा

गठबन्धनका पौडेल र एमालेकी चौधरी सहपाठी पनि हुनुहुन्छ । बाल्यकाल देखि नैसंगै एउटै बिद्यालयमा अध्ययन गर्नुभएका पौडेल र चौधरीको भिडन्त निकै रोमाञ्चक अनि प्रतिस्पर्धात्मक हुने देखिएको छ । यद्धपी अहिलेको मतपरिणाम हेर्ने हो भने गठबन्धनका पौडेलको जित लगभग निश्चित जस्तै भईसकेको छ ।

मेयर पदको अहिलेको मतान्तर हेर्ने हो भने पौडेल जित नजिक पुगको देखिन्छ । पौडेलले १७९१६ मत ल्याउनुभएको छ भने चौधरीको मत १६३४१ रहेको छ । यी दुई मतको अन्तर हेर्ने हो भने १५७५ रहेको छ । अब गठबन्धनका पौडेलको १५७५ मत काट्न एमालेकी चौधरीले १२ र १३ मा प्रयाप्त मत ल्याउनुपर्ने हुन्छ ।

त्यसो त वडा नम्बर १२ मा २०९६ र वडा नम्बर १३ मा ९०० मत खसेको थियो । दुवै वडाको मत जोड्दा २९९६ मत खसेको देखिन्छ । २९९६ मत मध्य वडा नम्बर १२ मा चौधरीलाई धेरै भोट आएपनि वडा नम्बर १३ मा भने कम आउने देखिन्छ । यसकारण पनि चौधरीलाई मेयर पदमा विजयी हुन निकै कठिनाई हुने बिश्लेषकहरु बताउछन् ।

मैले नै चुनाव जित्छु : राजन पौडेल
गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार पौडेलले आफ्नो जित निश्चित देखेका छन् । चौधरीलाई ठुलो मतान्तरले पराजित गर्ने पौडेलले सपना देखेपनि अन्तिममा आएर त्यो परिस्थिति बनेको देखिदैन्् । गठबन्धनका उम्मेदवार पौडेलले आफ्नो जित निश्चित रहेको बताउनुभयो । ‘मेरो जित निश्चित नै छ, राम्रै मतान्तर हुन्छ भन्ने आश थियो, तर प्राविधिक कारणले गर्दा सोचे जस्तो भएन’ उहाले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*