नवनिर्वाचित उप–प्रमुख अधिकारीले गरे पदभार ग्रहण

ए वान डेस्क
९ जेष्ठ २०७९, सोमबार १८:५९

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित उप–प्रमुख भोला प्रसाद अधिकारीले आज पदभार ग्रहण गर्नुभएको छ । नगर प्रमुख राजन पौडेलबाट आज सपथ ग्रहण गरेलगत्तै उप–प्रमुख अधिकारीले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै उप–प्रमुख अधिकारीले नगरवासीको समस्या समाधान गर्न उपमहानगर प्रतिवद्ध रहने बताउनुभयो । समृद्ध नगर बनाउन जीतपुरसिमराले बिशेष भुमिका खेल्ने भन्दै उहाले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

बैशाख ३० गते सम्पन्न निर्वाचनमा अधिकारी उप–प्रमुखमा निर्वाचित हुनुभएको थियो । साझा गठबन्धनकी उम्मेदवार मेघा शाहीलाई पराजित गर्दै एमालेका अधिकारी उप–प्रमुखमा निर्वाचित हुनुभएको हो ।

अधिकारी पुर्व गाबिस अध्यक्षसमेत हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*