जीतपुरसिमरा १५ को निर्णय : एक्स रे, भिडियो एक्स रे र ल्याब बापतको शुल्क नलिने
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ ले एक्स रे, भिडियो एक्स रे र ल्याब बापतको शुल्क नलिने भएको छ । दोस्रो पटक निर्वाचित भएपछि आज पदभार ग्रहण गर्दै वडा अध्यक्ष रामप्रसाद लामिछानेले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र डुमरवानाले दिदै आएको एक्स रे, भिडियो एक्स रे र ल्याब बापतको शुल्क नलिने निर्णय गर्नुभएको हो ।
पहिलो बैठकले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट छिट्टै वर्थिङ सेन्टर सञ्चालन गर्ने पनि निर्णय गरेको छ । वडा अध्यक्ष लामिछानेले केन्द्रबाट छिट्टै वर्थिङ सेन्टर सञ्चाल गर्ने निर्णय भएको बताउनुभयो ।
पदभार ग्रहण कार्यक्रमअघि वडा नम्बर १५ का नवनिर्वाचित वडा अध्यक्ष लामिछानेसहित वडा सदस्यहरुलाई मुल माला लगाएर स्वागत गरिएको थियो । नवनिर्वाचित प्रतिनिधिहरुलाई वडा सचिव प्रदिप रेग्मीले स्वागत गर्नुभएको थियो ।























