जीतपुरसिमरा : यस्तो छ नगर उद्योग वाणिज्य संघको अन्तिम नामावली
ए वान डेस्क /
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नया कार्यसमिति चयनका निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । निर्वाचन समितिले शनिवार हिजो अन्तिम नामावली सार्वजनिक गरिएको हो ।
नामावली सूचीअनुसार बरिष्ठ उपाध्यक्षसहित १९ पदका लागी ५१ जनाको नाम प्रकाशन भएको छ । असार ११ गते हुने निर्वाचनको कार्यतालिका अनुसार १९ पदका लागी ५४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।
संघको अध्यक्षका लागि मोहनप्रसाद शर्माको एकल उम्मेदवारी परेको थियो । संघको विधानमा बरिष्ठ उपाध्यक्षले मात्रै अध्यक्षमा उम्मेदवारी दिन सकिने प्रावधान रहेकाले शर्माको मात्रै उम्मेदवारी परेको थियो ।
यसअघि बरिष्ठ उपाध्यक्ष रहेका शर्माको एकल उम्मेदवारी परेसंगै संघको अध्यक्षमा उहा निर्वाचित हुनुभएको छ । संघको बरिष्ठ उपाध्यक्षका लागि पाच जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारी दिनेमा मनोज कुमार गुप्ता, रामचन्द्र पौडेल, ओमप्रकाश गुप्ता, अनिलकुमार साह र दिनेशप्रसाद कलवार रहेका छन् ।
अन्तिम नामावली अनुसार कुन पदमा को–को परे ? हेर्नुस् नामावली ।
























