नगर उद्योग वाणिज्य संघ : ओम प्रकाश गुप्ताको प्यानलले शुरु गर्यो ‘घरदैलो’

ए वान डेस्क
६ असार २०७९, सोमबार १७:५२

तपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनका लागी ओम प्रकाश गुप्ता नेतृत्वको प्यानलले घरदैलो अभियान शुरु गरेको छ । प्रचार प्रसार गर्ने कार्यलाई तीव्रता दिईरहेको गुप्ता नेतृत्वको प्यानलले आजदेखि घरदैलो अभियान शुरु गरेको हो ।

उम्मेदवारहरु प्यानलको लागी मत माग्दै घरदैलोमा पुग्न थालेसंगै जीतपुरसिमरामा चुनावी रौनक बढेको छ । आसन्न निर्वाचनमा जीतपुरसिमराभित्र गुप्ता नेतृत्वको प्यानलले प्रचारप्रसार अभियानलाई तीव्रता दिएको वाणिज्यतर्फका उपाध्यक्ष पदका उम्मेदवार अर्जुन लम्सालले जानकारी दिनुभयो ।

आफ्ना उम्मेदवारलाई जिताउन चुनाव प्रचार अभियानलाई तीव्रगतिमा अघि बढाएको गुप्ता नेतृत्वको प्यानलले घरदैलो अभियानलाई प्रभावकारी बनाईरहेको छ । अहिले उम्मेदवारहरु नमुना मतपत्रसहित घोषणा पत्र लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार : ओम प्रकाश गुप्ता
वाणिज्यतर्फ उपाध्यक्ष पदका उम्मेदवार : अर्जुन लम्साल
उद्योगतर्फ उपाध्यक्ष पदका उम्मेदवार : विजय कुमार साह (संतोष जी)
महासचिव पदका उम्मेदवार : प्रकाश गिरि
कोषाध्यक्ष पदका उम्मेदवार : रामबाबु कलवार
वाणिज्यतर्फ सचिव पदका उम्मेदवार : गिता शर्मा
उद्योगतर्फ सदस्य पदका उम्मेदवार : राजेश कुमार प्रसाद साह
उद्योगतर्फ सदस्य पदका उम्मेदवार : लक्ष्मण साह
उद्योगतर्फ सदस्य पदका उम्मेदवार : राकेश कुमार गुप्ता
वाणिज्यतर्फ सदस्य पदका उम्मेदवार : अमृत बस्याल
वाणिज्यतर्फ सदस्य पदका उम्मेदवार : आशा कुमारी दाहाल
वाणिज्यतर्फ सदस्य पदका उम्मेदवार : गंगाधर ढकाल
वाणिज्यतर्फ सदस्य पदका उम्मेदवार : कृष्ण सिग्देल
वाणिज्यतर्फ सदस्य पदका उम्मेदवार : रिता कडेल
वाणिज्यतर्फ सदस्य पदका उम्मेदवार : तसवर हुसेन
वाणिज्यतर्फ सदस्य पदका उम्मेदवार : संतोष कुशुवाहा

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*