ओम प्रकाश प्यालनको प्रतिवद्धता पत्र : सम्पती करदेखि सटरभाडा न्युनतम बनाउनेसम्म (प्रतिवद्धता पत्रसहित)
ए वान डेस्क /
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनका लागी ओम प्रकाश गुप्ता नेतृत्वको प्यानलले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एक कार्यक्रमकाबिच गुप्ता नेतृत्वको प्यानलले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
२८ बुदे प्रतिवद्धता पत्र सार्वजनिक गर्दै गुप्ता नेतृत्वको प्यानलले व्यवसायीको हितको निम्ति सधै अग्रसर रहने बताएको छ । प्रतिवद्धता पत्रमा केहि समयअघि नगरपालिकाले बृद्धि गरेको एक हजार प्रतिशत सम्पती कर खारेज गर्न पहल गर्ने उल्लेख छ ।
नगर स्तरीय करलाई घटाउन विशेष पहल गर्ने प्रतिवद्धता जनाएको गुप्ता नेतृत्वको प्यानलले नगरभित्र रहेका सटर भाडालाई एकरुपता र न्युनतम बनाउन पहल गर्ने जनाएको छ ।
के के छ गुप्ता नेतृत्वको प्रतिवद्धता पत्रमा ?
१. नगरभित्रका उद्योगी व्यवसायीहरुलाई व्यवसाय परिचय पत्र वितरण गरिनेछ ।
२. व्यापारिहरुको सुरक्षा नीति लागु गर्न समन्वय गरिनेछ ।
३. साना तथा घरेलु उद्योगलाई प्रोत्सहान गर्न नगर औद्योगिक ग्राम स्थापना गर्न स्थानीय तहसंग समन्वय गरिनेछ ।
४. कृषिमा आधारित उद्योगलाई अनुदानको व्यवस्था गर्न स्थानीय, प्रदेश र संघिय सरकारसंग पहल गरिनेछ ।
५. साना व्यवसायको प्रवद्र्धन र स्तरबृद्धिका लागी आवश्यक पहल गरिनेछ ।
६. औद्योगिक प्रदुषण व्यवस्थापन गर्नको लागि उद्योगहरुसंग समन्वयकारी भुमिका निर्वाह गरिनेछ ।
७. नगरभरिका उद्योगी र व्यवसायीहरुका मुद्धालाई प्राथमिकीकरण गरी समाधानका लागि विशेष पहल गरिनेछ ।
८. नगरपालिकाले बृद्धि गरेको एक हजार प्रतिशत सम्पती कर खारेज गर्न पहल गरिनेछ ।
९. नगर स्तरीय करलाई घटाउन विशेष पहल गरिनेछ ।
१०. नगरभित्र रहेका सटर भाडालाई एकरुपता र न्युनतम बनाउन पहल गरिनेछ ।
११ं आद्योगिक कृषि तथा व्यवसाय प्रवद्र्धनका लागी व्यापार प्रवद्र्धनात्मक मेला आयोजना गरिनेछ ।
१२. नगरभरिका उद्योगी व्यवसायीलाई संस्थाप्रति अपनत्व बढाउन विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
१३. उद्योगी व्यवसायीहरुको सुरक्षा र संरक्षणका लागी व्यवसाय बिमा कार्यक्रमलाई प्रवद्र्धन गरिनेछ ।
१४. उद्योगी व्यवसायीहरुलाई आत्मनिर्भर बनाउन बिभिन्न बिषयगत तालिम एवं प्रशिक्षण कार्यक्रमको आयोजना गरि व्यवसाय सञ्चालनमा दक्षता र क्षमता विकास गरिनेछ ।
१५ं व्यवसायीक सुरक्षाको प्रत्याभुतिका लागी सिसि क्यामेरालाई व्यवस्थापन र बिस्तार गरिनेछ ।
१६. नगरलाई क्लिनसिटि र ग्रिनसिटि बनाउन स्थानीय तहसंग समन्वय गरिनेछ ।
१७. हाट बजार व्यवस्थापनको निम्ति आवश्यक भुमिका निर्वाह गरिनेछ ।
१८. जीतपुरसिमरा उपमहानगरलाई व्यापारिक हबको रुपमा विकास गर्न समन्वयकारी भुमिका निर्वाह गरिनेछ ।
१९. उद्योगी व्यवसायीको हितको निम्ति बिभिन्न निकायबाट हुने बजार अनुगमनलाई समन्वयकारी भुमिका निर्वाह गर्न पहल गरिनेछ ।
२०. उद्योगी व्यवसायीको क्षमता अभिबृद्धि गर्न व्यवसाय भ्रमण कार्यक्रम आयोजना गरिनेछ ।
२१. नगरभित्रका उत्कृष्ट व्यवसायीहरुलाई व्यवसायीक प्रवद्र्धन र प्रोत्साहन गर्न बार्षिक सम्मान कार्यक्रम आयोजना गर्न पहल गरिनेछ ।
२२. कुटिर उद्योग, साना तथा मझौला औद्योगिक ग्राम स्थापना गर्न सम्बन्धित निकायमा पहल गरिनेछ ।
२३ं. सेज सञ्चालमा उद्योगी तथा रोजगार दातासंग परामर्श गरि आवश्यक समन्वय गरिनेछ ।
२४. सिमरा बिमानस्थलको स्तरउन्नती सौन्दर्यकरण र देशभर हवाई कनेक्टिभिटिको लागि सरोकारवाला निकायसंग आवश्यक पहल र समन्वय गरिनेछ ।
२५. जितपुरको भैसि बजार, तरकारी बजार, सिमराको तरकारी बजारको स्तरउन्नतीसंगै खानेपानी सरसफाई र मुख्य राजमार्ग जितपुर, सिमरा, पथलैया र अमलेखगञ्जमा स्तरीय सौचालयसहितको यात्रु प्रतिक्षालय निर्माणको लागि उपमहानगरपालिकासहित सम्बन्धित सरोकार निकायसंग समन्वय गरिनेछ ।
२६. डुमरवानालाई कृषि, पशुपालन र दुध उत्पदान क्षेत्रको रुपमा विकास गर्ने गरी कृषि कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ ।
२७. अमलेखगञ्जलाई पर्यापर्यटनको हवको रुपमा विकास गर्न सम्बन्धित निकायसंग समन्वय र पहल गरिनेछ ।
२८. स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रको बिकासमा समन्वयकारी भुमिकामा रही केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारसंग पहल गरिनेछ ।























