जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघ : ओम प्रकाश गुप्ताको प्यानल बलियो
जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको यहि असार ११ गते हुने चुनावको अहिले निकै चर्चा अनि परिचर्चा भइरहेको छ । यति बेला चुनावमा बिभिन्न प्यानल चुनावी मैदानमा आएका छन ।
चुनावी मैदानमा आर्थिक समुन्नती सहितको व्यवसायीक स्वतन्त्रता संस्थागत विकासको लागि हाम्रो प्रतिबद्धताभन्ने नाराका साथ ओम प्रकाश गुप्ता नेतृत्वको एउटा समूहले आफनो प्रचारलाई तिब्रता दिएको छ ।
उक्त प्यानलबाट बरिष्ठ उपाध्यक्षमा ओम प्रकाश गुप्ता उठेका छन । गुप्ताकै नेतृत्वमा बनेको प्यानलले अहिले धमाधम घरदैलो गरिरहेको छ । गुप्ता उद्योग बाणिज्य संघको सदस्य समेत रहेर काम गरी सकेका अनुभवी युवा उद्यमी तथा ब्यापारी समेत हुन ।
अहिले गुप्ताको बिषयलाई लिएर बजारमा निकै गर्मा गर्मी चलेको छ । ए वान समाचारसंग कुरागर्दै सो प्यानलका बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार ओम प्रकाश गुप्ताले आफ्नो प्यानल निर्वाचित भएपछि खस्किदो ब्यापार मन्दिलाई बिकास गर्ने बताउनुभयो । व्यवसायीको समस्या पहिलो प्राथमिक्तामा राखिएको भन्दै उहाले जीतपुरसिमराको व्यापारलाई सरकारसंग छलफल गरि समाधानको प्रक्रियामा अगाडि बढ्ने बताउनुभयो ।
गुप्ता नेतृत्वको प्यानलको उमेदवारीलाई लिएर जीतपुरसिमराका व्यवसायीहरुले उद्योग बाणिज्य संघको चुनाव आउदै गर्दा युवाहरूलाई समेटेर युवाले नै नेतृत्व गरेको टिम प्रती केहि आशा र बिश्वास ब्यावसायिक हकहितका लागि देखा परेको टिप्पणी गर्दै गुप्ता नेतृत्वको टिमप्रती जीतपुरसिमराका व्यवसायीले सकारात्मक रुपमा लिएको बताएका छन ।
‘यहाको व्यापार ब्यवसाय र समस्यालाई निर्वाचन पछि पक्कै गुप्ता समुहले समेट्ने समेत आशा यहाका व्यवसायीले गरेका छन्’ एक जना व्यवसायीले भने । ‘ओम प्रकाश गुप्ताले हल्ला मचाउनु भन्दा राम्रो कार्य गरेर देखाउदै आएकाले उनको साथमा सबैजना छन्, त्यो भन्दा ठुलो कुरा त दुई कार्यकालको अनुभव पनि उनीसंग छ’ जीतपुरका एक व्यवसायीले भने ।
‘गुप्ता सामाजिक ब्यापारी भएकाले सबैलाई मिलाएर लैजाने खुबी सबै भन्दा ठुलो उपलब्धि हो’ उनले भने । गुप्ता नेतृत्वको प्यानलमा सफल सञ्चार उद्यमीदेखि सफल महिला व्यवसायीसम्म रहेका छन् । सामाजिक क्षेत्रमा समेत सक्रिय गुप्ता नेतृत्वको प्यानलका उम्मेदवारहरु आफ्नो प्यानल विजयी हुनेमा आशावादी देखिएका छन् ।
गुप्ताको प्यानलबाट वाणिज्यतर्फ उपाध्यक्ष पदमा अर्जुन लम्साल, उद्योगतर्फ उपाध्यक्ष पदमा विजय कुमार साह (संतोष जी), महासचिव पदमा प्रकाश गिरि, कोषाध्यक्ष पदमा रामबाबु कलवार, वाणिज्यतर्फ सचिव पदमा गिता शर्माले उम्मेदवारी दिनुभएको छ । यसैगरी उद्योगतर्फ सदस्यहरुमा राजेश कुमार प्रसाद साह, लक्ष्मण साह र राकेश कुमार गुप्ताले उम्मेदवारी दिनुभएको छ ।
यस्तै वाणिज्यतर्फ सदस्य पदमा अमृत बस्याल, आशा कुमारी दाहाल, गंगाधर ढकाल, कृष्ण सिग्देल, रिता कडेल, तसैवर हुसेन र संतोष कुशुवाहा हुनुहुन्छ ।























