भोलि होला चुनावको मिति घोषणा ?
सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणाको गृहकार्य गरेको छ ।
morang Auto yamaha
मंसिर पहिलो साता चुनाव गर्ने गरी सरकारले मिति घोषणाको तयारी गरेको बालुवाटार स्रोतले बताएको छ ।
ADVERTISMENT
NMB BANK
RMC TANSEN
Saurya island
चुनावको मिति सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना ज्योतिषीसँग राय लिइसकेका छन् ।
निर्वाचन आयोगले प्रस्ताव गरेकै आसपासमा चुनावको मिति तोक्ने सरकारको तयारी छ ।
Vianet communication
Maruti inside
असार २२ गते निर्वाचन आयोगले प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेट गरेर मंसिर २ गते चुनाव गर्न प्रस्ताव गरेको थियो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार एकै चरणमा चुनाव गर्न आयोगले प्रस्ताव गरेको छ ।
सरकार भने मंसिर ४ गते चुनाव गर्नेगरी मिति घोषणाको गृहकार्यमा जुटेको कांग्रेस स्रोतले बतायो । देउवाले शुभकार्य गर्दा ज्योतिषीय परामर्श लिने गरेका छन् । देउवाले परामर्श लिने मध्येका एक ज्योतिष सुरेशचन्द्र रिजालले मंसिर ४ गते चुनावका लागि उपयुक्त रहेको बताएका छन् ।
असार २७ गते ललितपुरमा आयोजित कार्यक्रममा थापाले मंसिर पहिलो साता निर्वाचन गर्नेगरी साउन ४ गते चुनावको मिति घोषणा हुने बताएका थिए । सरकारका एक मन्त्रीले भोलि नै चुनावको मिति घोषणा हुनेमा सन्देह व्यक्त गरे । केही नियुक्ति, सरूवा र केही संसदीय प्रक्रियाको काम सम्पन्न गरेर मात्रै निर्वाचनको मिति घोषणा गर्ने मनस्थितिमा प्रधानमन्त्री रहेको ती मन्त्रीले बताए ।
मन्त्रिपरिषद्को नियमित बैठक पनि सोमबार र बिहीबार बस्ने प्रचलन भएकाले एक दिन अगाडि मन्त्रिपरिषदको बैठक राखेर निर्वाचन मिति घोषणाको हतारो नहुनसक्ने ती मन्त्री बताउँछन् ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवा चुनावको मिति घोषणा अगावै अर्थमन्त्री नियुक्ति गर्ने योजनामा छन् ।
सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि अर्थमन्त्री नियुक्तिलाई प्राथमिकतामा राखेको माओवादी केन्द्रका नेताहरू बताउँछन्।
संसदीय छानबिन समितिले क्लिन चिट दिएमा जनार्दन शर्मालाई नै अर्थमा ल्याउनेमा प्रचण्डसँग देउवा सहमत छन् । संसदीय समितिको छानबिन नटुङ्गिीदासम्म देउवाले अर्थ मन्त्रालय आफैले राखेका छन् ।
निर्वाचन आयोगले निर्वाचन तयारीका लागि १२० दिनको समय चाहिने भने पनि आन्तरिक तयारी भइरहेकोले एक हप्ता पछि मिति घोषणा गर्दा पनि मंसिर ४ मा चुनाव गर्न सकिने सरकारको बुझाइ रहेको मन्त्रीहरू बताउँछन् । स्थानीय चुनाव जस्तै प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि एकै चरणमा गराउने सरकारको तयारी छ ।























