स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको निरु रायमाझीको घोषणा
ए वान डेस्क /
नेपाली काग्रेसकी महिला नेतृ नारायणी रायमाझी निरुले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ । रिपोर्टस क्लब काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी नेतृ रायमाझीले प्रदेशसभा सदस्य पदका लागी दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको हो ।
पत्रकार सम्मेलनमा रायमाझीले बारा क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई सघाउने बताउनुभयो । क्षेत्र नम्बर ४ क को प्रदेशसभा सदस्य पदमा बाघि उम्मेदवारी दिनुभएकी रायमाझीले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई सघाउने घोषणा गर्नुभएको हो ।
पत्रकार सम्मेलनमा रायमाझीले प्रधानमन्त्री शेर बहादुर देउवाको आग्रहपछि आफुले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभयो । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई सघाउने घोषणा गर्दै नेतृ रायमाझीले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नुभयो ।























