काग्रेस नेतृ रायमाझीलाई सिमरा बिमानस्थलमा स्वागत

ए वान डेस्क
२९ आश्विन २०७९, शनिबार १०:०८

ए वान डेस्क /

नेपाली काग्रेसकी महिला नेतृ नारायणी रायमाझी ‘निरु’ लाई सिमरा बिमानस्थलमा स्वागत गरिएको छ । बारा क्षेत्र नम्बर ४ क को प्रदेशसभा सदस्य उम्मेदवारी फिर्ता लिएर बारा आउनुभएकी रायमाझीलाई सिमरा बिमानस्थलमा स्वागत गरिएको हो ।

रायमाझीलाई बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ अनिलले स्वागत गर्नुभएको थियो । रायमाझीले प्रधानमन्त्री शेर बहादुर देउवाको आग्रहपछि हिजो स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

काग्रेस नेतृ रायमाझीलाई स्वागत गर्न सत्ता गठबन्धनका नेता कार्यकर्ताहरु सिमरा बिमानस्थल पुगेका थिए । सो अवसरमा काग्रेस नेतृ रायमाझीले सत्ता गठबन्धनलाई सघाउन आफुले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । सिमरा बिमानस्थलमा सञ्चारकर्मीसंगको भेटमा नेतृ रायमाझीले गठबन्धनका उम्मेदवारहरुलाई कुनै पनि हालतमा विजयी गराउनुपर्ने बताउनुभयो ।

गठबन्धनको तर्फबाट क्ष्ँेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य उम्मेदवार अनिल श्रेष्ठलाई विजयी गराउन आफु सक्रिय भएर लाग्ने भन्दै उहाले निर्वाचन अभियानमा होमिन काग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘अनिल जिलाई मेरो साथ छ, म उहालाई विजयी गराउन सक्रिय भएर लाग्नेछु’ उहाले भन्नुभयो ।

नेतृ रायमाझीलाई स्वागत गर्दै क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ अनिलले गठबन्धनका उम्मेदवारलाई सघाउन आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*