होटल तथा पर्यटन व्यवसायी संघ बाराले देउसी भैलो खेल्ने
ए वान डेस्क /
होटल तथा पर्यटन व्यवसायी संघ बाराले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपालीहरुको महानपर्व शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्बतको अवसरमा संघले देउसी भैलो कार्यक्रम गर्न लागेको हो ।
मौलिक कला, सस्कृतिको संरक्षण तथा संघको स्थायित्व र विकास गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको देउसी भैलो कार्यक्रम कार्तिक ७ गतेदेखि शुरु गरिने होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिनुभयो । कार्तिक ११ गतेसम्म चल्ने देउसी भैलो कार्यक्रम बाराका बिभिन्न स्थानमा गरिने उहाले बताउनुभयो ।
बाराको सिमरा, पथलैया, जीतपुर, डुमरवाना, अमलेखगञ्ज, निजगढ लगायतका ठाउमा देउसी भैलो कार्यक्रम गरिने महासचिव गोबिन्द गहतराजले जानकारी दिनुभयो । कार्यक्रममा शुभकामना आदान प्रदानसाथै सास्कृतीक नृत्य समेत प्रस्तुत गरिने महासचिव गहतराजले जानकारी दिनुभयो ।























