बारा क्षेत्र ४ : छाताप्रिपामा सत्ता गठबन्धनको घरदैलो, सम्पर्क कार्यालयको उद्घाटन
ए वान डेस्क /
५ दलिय साझा गठबन्धनले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छाताप्रिपामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । मंसिर ४ को निर्वाचनलाई लक्ष्ति गरी निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको सत्ता गठबन्धनले छाताप्रिपामा आज घरदैलो गरेको हो ।
क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशान र ४ क का प्रदेशसभा सदस्य उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ अनिलको उपस्थिति घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले सत्ता गठबन्धनबाट मात्र क्षेत्र नम्बर ४ को विकास सम्भव रहेको भन्दै भारी मतले विजयी गराउन आग्रह गर्नुभएको थियो । प्रदेशसभा सदस्य उम्मेदवार श्रेष्ठले सत्ता गठबन्धन विकासको पक्षमा रहेको भन्दै मंसिर ४ पछि देश गठबन्धनमय हुने बताउनुभयो ।
यसैबिच, वडा नम्बर ९ मा सत्ता गठबन्धनको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । एक कार्यक्रमकाबिच प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले कार्यालयको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार श्रेष्ठसहित ५ दलिय गठबन्धनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।























