एमालेमा ठुलो भुकम्प : उपाध्यक्षसहित २९३ जना नेकपा एसमा प्रवेश, श्रेष्ठले गरे स्वागत

ए वान डेस्क
१९ कार्तिक २०७९, शनिबार १६:२५

ए वान डेस्क /

नेकपा एमाले जीतपुरसिमरा नगर कमिटिका उपाध्यक्षसहित २९३ जना नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । नगर कमिटिका उपाध्यक्ष बिरेन्द्र गिरिसहित २९३ जना नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादी प्रवेश गरेका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमकाबिच गिरिसहित २९३ जना एमालेका नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा उपाध्यक्ष गिरिसहित एमालेमा प्रभावशाली नेता कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर अंसारी, कबिता देवी चौधरी, कृष्ण प्रसाद गुप्ता लगायत रहेका छन् ।

उनीहरुलाई ५ दलिय गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशानले टिका र खादा लगाएर स्वागत गर्नुभएको थियो । सो अवसरमा नेकपा एमालेका नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले एमालेबाट देश विकास नहुने बताउनुभयो ।

बारा क्षेत्र नम्बर ४ को विकास गर्न ५ दलिय गठबन्धन प्रतिवद्ध रहेको भन्दै उहाले सबै एक भएरु अघि बढ्नुपर्ने बताउनुभयो । नेकपा एमाले विकास विरोधी पार्टी भएको बताउदै श्रेष्ठले क्षेत्र नम्बर ४ को विकासमा आफु गंभिर भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

यसैबिच, पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमाले परित्याग गरी नेकपा एकिकृत समाजवादी प्रवेश गरेका बिरेन्द्र गिरिले एमालेभित्र गुण्डागर्दि हाबि भएको आरोप लगाउनुभयो । एमालेबाट क्ष्ँेत्रको विकास नहुने भन्दै उहाले केहि व्यक्तिका कारण एमाले पतनको स्थितिमा पुगेको बताउनुभयो ।

उहाले क्ष्ँेत्र नम्बर ४ को विकासमा ५ दलिय गठबन्धन एक भएर अघि बढ्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*