विश्वकर्माकाे सरकारी गाडी प्रहरी नियन्त्रणमा, आचारसंहिता विपरीत प्रचारप्रसारमा मस्त

ए वान डेस्क
२१ कार्तिक २०७९, सोमबार १०:१८

  1. मधेस प्रदेशका निवर्तमान सांसद सुन्दर विश्वकर्माकाे गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारी गाडी प्रयाेग गरेर निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा हिडेकाे गुनासो आएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हाे ।

ईलाका प्रहरी कार्यालय सिमराकाे टाेलीले विश्वकर्माकाे जीतपुरसिमरा ४ ओैराहामा रहेकाे घरबाट उनी चढ्दै आएकाे प्रदेश २-०२ ००१ झ ००८८ नम्बरको स्कारपिओ गाडी नियन्त्रणमा लिएकाे प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

२०७४ मा बारा ४ (क) मा नेकपा (एमाले) बाट निर्वाचित भएका विश्वकर्मा प्रदेशमा सचेतककाे जिम्मेवारीमा थिए । सचेतकले सवारी सुविधा पाउँछ । प्रदेश सभाकाे म्याद सकिएपछि पनि विश्वकर्माले गाडी फिर्ता गरेका थिएनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*