सिमरामा काग्रेस नेता महतले भने : ‘हाम्रो उम्मेदवार किशान, अनिल र जितेन्द्र जी नै हो’

ए वान डेस्क
२१ कार्तिक २०७९, सोमबार १९:२५

ए वान डेस्क /

नेपाली काग्रेसका प्रभावशाली नेता प्रकाश शरण महतले ५ दलिय गठबन्धनका उम्मेदवारहरुलाई कुनै पनि हालतमा विजयी गराउनुपर्ने बताउनुभएको छ । निर्वाचन अभियानका क्रममा बारा आईपुग्नुभएका महतले सिमरामा आज ५ दलिय गठबन्धनका उम्मेदवार नै काग्रेसको उम्मेदवार भएको बताउनुभयो ।

प्रेश युनियन बारा शाखाले सिमराको क्लासिक होटलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले काग्रेसले गठबन्धनका उम्मेदवारहरुलाई खुलेर मतदान गर्नुपर्ने बताउनुभयो । देशभरी गठबन्धन भएको अवस्थामा बारा ४ ले उम्मेदवार नपाउनु दुखद भएको भन्दै उहाले सबै एक भएर गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।

‘अहिले देशभरी नै गठबन्धन भएको हो, त्यसकारण बारा ४ मा उम्मेदवार छैन् भनेर दुख मान्नुपर्ने अवस्था छैन, हामीले खुलेर उम्मेदवारहरुलाई सहयोग गर्नुपर्छ’ पत्रकार सम्मेलनमा महतले भन्नुभयो ‘हाम्रो उम्मेदवार नै अहिले किशान जी, अनिल जी र जितेन्द्र जी नै हो, त्यसकारण उहाहरुलाई तपाईहरुले अत्याधिक मतले विजयी गराउनुहोस्’ ।

उहाले ५ दलिय गठबन्धनबाट मात्र देशको विकास हुने भन्दै सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*