‘सेलिब्रेटि’ उम्मेदवार किशान श्रेष्ठ, जसको क्षेत्रैभरी छ चर्चा
ए वान डेस्क /
‘तपाईको नाम हामीले धेरै सुनेका थियौ, बल्ल आज तपाईसंग भेट्न पायौ’ जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ की कबिता अधिकारीले भनिन् । यति सुनेपछि मतदाता घेटघाटका क्रममा रहेका बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशान दंग परे ।
अधिकारीलाई श्रेष्ठले प्रश्न गर्दै सोधे ‘मेरो बारेमा के सुन्नुभएको छ र हजुरले ?’ । जवाफमा उनले भनिन् ‘तपाईले तनहुमा पनि निकै काम गर्नुभएको छ रे, अरु उम्मेदवार भन्दा निडर र विकाशप्रेमी पनि हुनुहुन्छ भन्ने सुनेको छु’ ।
कबिता जस्तै गरी क्षेत्र नम्बर ४ मा अहिले धेरैले मतदाता भेटघाटका क्रममा श्रेष्ठलाई यसरी नै प्रश्न गरिरहेका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठ यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । घरदैलो अभियानका क्रममा मतेदातासंग भेटघाटमा व्यस्त श्रेष्ठले मतदातामाझ आफ्नो एजेण्डा प्रस्तुत गरिरहेका छन् ।
‘सेलिब्रेटि’ उम्मेदवार किशान श्रेष्ठ
मतदाता भेटघाटलाई तिब्रता दिईरहेका श्रेष्ठले आफ्नो प्रतिवद्धता पनि सार्वजनिक कार्यक्रममा राखिरहेका छन् । ‘म गर्न सक्ने कुरा मात्र बोल्छु, हुने कुरा मात्र भन्छु’ सार्वजनिक कार्यक्रममा श्रेष्ठले भन्ने गरेका छन् ‘मैले जनाउने प्रतिवद्धता मोबाईलमा रेकर्ड गरेर राख्नु, काम भएन भने अहिले मलाई भन्नुस्’ ।
केहिदिन अघि पर्सौनी गाउपालिका वडा नम्बर ७ मा भएको जनसभालाई सम्बोधन गर्दै श्रेष्ठले भने ‘अहिलेसम्मका सासंद कसले के गरे मलाई थाहा छैन, तर म अरु जस्तो हैन्, म जे भन्छु त्यहि गर्छु’ श्रेष्ठले थपे ‘यहा एउटा पुल बर्षौदेखि अलपत्र रहेको कुरा मैले सुने, मोबाईलमा रेकर्ड गरेर राख्नुस्, मैले जितेको एक बर्षमा यो पुल उद्घाटन गर्न मात्र म अब यहा आउनेछु’ । श्रेष्ठको प्रतिवद्धताले वडा नम्बर ७ का जनता निकै खुशी देखिए ।
बर्षौदेखि अलपत्र पुल सञ्चालन नहुदा त्यहाका जनताले समस्या झेल्दै आएका थिए । उनको प्रतिवद्धता सुनेर वडा नम्बर ७ का शिवराम मुखियाले भने ‘हामीलाई यस्तै जनप्रतिनिधि चाहिएको हो, काम गर्ने’ ।
क्षेत्र नम्बर ४ मा ‘सेलिब्रेटि’ उम्मेदवारको रुपमा परिचित श्रेष्ठको अहिले क्षेत्रभरी नै चर्चा छ । बिभिन्न कार्यक्रममा श्रेष्ठले जनाउने यस्तै प्रतिवद्धताका कारण पनि मतदाताहरु उत्साहित भएका छन् । बिगतमा श्रेष्ठले गरेका काम सामाजिक सञ्जालमा हेर्दै आएका मतदाताले क्षेत्रको विकास गर्ने नेता आएको टिप्पणी गर्छन् ।
‘हामीले बिगतमा उहाले के काम गर्नुभयो सबै हेरिरहेका छौ, उहाको काम गर्ने शैली फरक देख्यौ, नहुने काम गर्दिन् भन्नु नै ठुलो कुरा हो’ बिश्रामपुर निवासी रोहित प्रजापतीले भने ‘अहिले उहाको यो सक्रियताले नै उहालाई सेलिब्रेटी बनाईरहेको छ, हामीले चाहेको नेता पनि यस्तै हो’ ।
यसरी एकाएक चर्चामा आए श्रेष्ठ
२०७४ सालमा तनहु क्षेत्र नम्बर १ मा नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेपछि श्रेष्ठ एकाएक चर्चामा आएका थिए । श्रम तथा रोजगार मन्त्री हुदा समेत बैदेशीक रोजगारीको बिषयमा उनले लिएको एक्सनले पनि निकै चर्चामा थिए ।
तनहुमा नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई छाडेर बारा आएका श्रेष्ठ अहिले बिपक्षीहरुमाझ पनि निकै लोकप्रिय छन् । ५ दलिय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका श्रेष्ठ जनतामाझ निकै रुचाईएका उम्मेदवार हुन् ।
विकास गर्नकै लागी म बारा आएको हु : श्रेष्ठ
घरदैलो अभियानका क्रममा श्रेष्ठले क्षेत्र नम्बर ४ को विकासमा कुनै कसर बाकी नराख्ने बताए । विकास गर्नको निम्ति नै आफुले क्ष्ँेत्र नम्बर ४ रोजेको बताउदै श्रेष्ठले विजयपछि जनताको बजेट बन्ने बताए । ‘जनताको मनोभावना मैले बुझेको छु, यहाको समस्या मैले बुझेको छु’ श्रेष्ठले भने ‘यहा जनताको काम गर्न नसक्ने अनि पटक पटक उम्मेदवार हुने प्रचलन हाबी छ, अब त्यो हुदैन्, अब विकासको मुल फुटाउनुछ’ ।























