‘ईमान्दार’ उम्मेदवार अनिल श्रेष्ठ, जसले पुरा जिवन राजनितिमै बिताए
ए वान डेस्क /
क्षेत्र बहादुर श्रेष्ठ । धेरैले उनलाई अनिलको नामले चिन्दछन् । बारा क्षेत्र नम्बर ४ क मा अहिले ५ दलिय गठबन्धनको तर्फबाट उनी उम्मेदवार बनेका छन् । हसिया हथौडा चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका श्रेष्ठ ‘ईमान्दार’ उम्मेदवार हुन् । पर्साको ठोरीमा जन्मिएका श्रेष्ठ नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं बारा जिल्ला अध्यक्ष पनि हुन् ।
श्रेष्ठ एक दशक अघि २०७० मा बारा क्षेत्र नं. ६ बाट संविधान सभा निर्वाचनमा समेत उम्मेदवार बनेका थिए । राजनितिमा होमिएदेखि नै जनताको दुख, सुखमा सक्रियताका साथ लागेका श्रेष्ठसामाजिक, आर्थिक मुद्दासंगै पार्टी निर्माणमा खटिदै आएका छन् ।
यस्तो छ राजनीतिक यात्रा
१८ वर्षको उमेरमा विद्यार्थी राजनीति सुरु गरेका अनिल २८ वर्षको उमेरमा २०५२ मा नेकपा (माओवादी) ले घोषणा गरेको जनयुद्धसंगै भूमिगत भएका थिए । २०५८ मा पूर्वाञ्चल क्षेत्रिय जनमिलिसियाको कमिसारबाट जनमुक्ति सेनामा काम सुरु गरेका अनिल त्यसको एकवर्षमा जनमुक्ति सेनाको कम्पनी कमिसार हुदैँ २०६३ सम्म पूर्वमा परिचालित बटालियन कमिसारसम्म भए ।
२०४६ सालमा पर्साको ठोरीस्थित विजयबस्ती माध्यमिक विद्यालय र २०४७ मा ठाकुराम बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनको इकाई अध्यक्षका रुपमा विद्यार्थी राजनीति थालेका अनिल २०४९÷५० सम्म आईपुग्दा अखिल क्रान्तिकारीको उपव्यूरो सचिव सम्म भए । विद्यार्थी राजनीतिसंगै पार्टीमा उनी २०४८ मै जोडिएका थिए ।
नेकपा एकता केन्द्रको पर्सा जिल्ला कमिटी सदस्य तथा खुलामोर्चा राष्ट्रिय जनमोर्चाको जिल्ला सचिव बनिसकेका थिए । २०५१ मा नेकपा (माओवादी) जिल्ला कमिटीमा काम गरेका उनी त्यसको एक वर्षमै नेकपा (माओवादी) ले घोषणा गरेको जनयुद्धसंगै भूमिगत भए । २०५३ देखि ०५८ सम्म नेकपा (माओवादी) बारा, पर्सा, रौतहट संयुक्त जिल्ला समितिको सचिव भएर काम गरेका अनिल जनमुक्ति सेनाका विभिन्न जिम्मेवारीमा पुगे ।
२०५८ मा पूर्वाञ्चल क्षेत्रिय जनमिलिसियाको कमिसारबाट जनमुक्ति सेनामा काम सुरु गरेका अनिल त्यसको एकवर्षमा जनमुक्ति सेनाको कम्पनी कमिसार हुदैँ २०६३ सम्म पूर्वमा परिचालित बटालियन कमिसारसम्म भए ।
जेल जीवन
नेता श्रेष्ठले एक वर्ष जेल जीवन विताएका छन् । १६ असोज २०६२ मा अनिल काठमाण्डौंको बानेश्वरबाट तत्कालिन शाही सेनाबाट गिहस्तार भएका थिए । नख्खु जेलमा अनिलले एक वर्ष कष्टपूर्ण जेल जीवन विताएका हुन् ।























