जीतपुरसिमरा : औराहामा एमालेका ३१ जना युवा माओवादीमा प्रवेश

ए वान डेस्क
१ मंसिर २०७९, बिहीबार २०:१०

बारा क्ष्ँेत्र नम्बर ४ मा नेकपा एमालेका ३१ जना युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ मा आयोजित एक कार्यक्रमकाबिच औराहाका ३१ जना युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । यसरी पार्टी प्रवेश गर्नेहरुमा रामपृत चौधरी, सुजन घिमिरे, प्रदिप चौधरी, असोक ढुंगेल, सनम बोगटी, राज महत्व, बिपिन चौधरी, राजेश सिलवाल लगायत रहेका छन् । निर्वाचनको मिति नजिकिदै जादा क्षेत्र नम्बर ४ मा एमालेका नेता कार्यकर्ताहरु माओवादी केन्द्र प्रवेश गर्ने क्रम बढ्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*