बारा ४ अपडेट : जीतपुरसिमरा १ को मतगणना शुरु, परवानिपुर १ को जारी
ए वान डेस्क /
बारा क्षेत्र नम्बर ४ को अहिले मतगणना जारी छ । प्राप्त जानकारी अनुसार अहिले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ को मतगणना भईरहेको छ । केहिबेर अघिदेखि शुरु भएको मतगणना प्रतिनिधि र प्रदेशसभा दुवैको हो । वडा नम्बर १ मा जम्मा ३१०३ मत खसेको थियो । दुई वटा मतदान केन्द्र रहेको वडा नम्बर १ मा पाच वटा बुथ रहेको थियो । वडा नम्बर १ को पथलैयामा २ र सिमरामा ३ वटा बुथ रहेको थियो ।
यस्तै क्षेत्र नम्बर ४ ख को पनि अहिले मतगणना भईरहेको छ । क्षेत्र नम्बर ४ ख को लागी परवानिपुर गाउपालिका वडा नम्बर १ को मतगणना भईरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।























