नवनिर्वाचित सांसदहरुलाई बधाई दिदै पौडेलले भने : नगरको विकासमा सहयोगको अपेक्षा गर्छु
जितपुरसिमरा उपमाहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले नगरको विकासमा नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । बारा ४ का नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र प्रदान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख पौडेलले नगरको विकासमा सहयोग गर्न आग्रह गर्नु भएको हो । प्रतिनिधीसभा सदस्य किशान श्रेष्ठलाई बधाई दिदै पौडेलले नगरको विकासमा नेतृत्वदायी भुमिका खेल्न आग्रह गर्नुभयो । उहाले भन्नुभयो `निर्वाचित हुनुभएकोमा बधाई छ, अब समग्र ४ को बिकाससङै नगरको बिकासमा भुमिका खेल्नुहोला´ । सोही क्रममा पौडेलले ४ क का प्रदेश सभा सदस्य देव नारायण चौधरीलाई पनि नगरको चौतर्फी बिकासमा सहयोग गर्न आग्रह गर्नुभयो ।

























