बारा ४ मा तत्काल प्रयाप्त मलको व्यवस्था गर्न श्रेष्ठको माग, ‘फिल्ड’ बाटै गरे फोन

बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किशानले क्ष्ँेत्र नम्बर ४ मा प्रयाप्त मलको व्यवस्था गर्न सरकारसंग माग गर्नुभएको छ । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन घरदैलोमा व्यस्त रहनुभएका श्रेष्ठले मलको प्रयाप्त व्यवस्था गर्न सरकारसंग माग गर्नुभएको हो । क्ष्ँेत्र नम्बर ४ मा कृषकको समस्याबारे चासो राख्दै श्रेष्ठले आज प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवालाई फोन गरी मलको प्रयाप्त व्यवस्था गर्न आग्रह गर्नुभएको हो । घरदैलोका क्रममा जनताले मलको अभाव रहेको गुनासो गरेपछि श्रेष्ठले प्रधानमन्त्रीका स्वकिय सचिव देउवालाई तत्कालै फोन गरेका थिए । फोनमा श्रेष्ठले क्षेत्र नम्बर ४ का कृषकलाई मलको अभाव हुन नदिन यथाशिघ्र मलको व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । यसैगरी श्रेष्ठले संघिय सरकारका मुख्य सचिव शंकर बैरागी र कृषि सचिव गोबिन्द शर्मालाई समेत फोन गरी कृषकको समस्याप्रति गंभिर हुन आग्रह गर्नुभएको थियो । फोनमा श्रेष्ठले कृषिप्रधान मुलुकमा किसानले खेती गरिरहेको समयमा मल नपाउनु दुःखद भएको भन्दै यसमा सरकारले चासो नदिनु चिन्ताको बिषय भएको बताउनुभयो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि श्रेष्ठ अहिले मतदातालाई धन्यवाद दिन घरदैलोमा व्यस्त छन् ।