युवा संघको मधेश प्रदेश कमिटीले पायो पुर्णता, सचिवमा बाराका रिजाल चयन
नेकपा एकीकृत समाजवादीको भातृ संगठन युवा संघ नेपालको मधेश प्रदेश कमिटीले पुर्णता पाएको छ । रौतहटको चपुरमा आज बसेको मधेश प्रदेश कमिटीको चौथो बैठकले कमिटीलाई पुर्णता दिएको हो । बैठकले पुनः अर्जुन सिंहकै अध्यक्षतामा मधेश प्रदेश कमिटी गठन गरेको छ । कमिटिको उपाध्यक्षमा छोटेलाल यादव, सचिवमा गणेश रिजाल, सह सचिवमा मुकेश गोहित र कोसाध्यक्ष राधिका भट्टराई चयन हुनुभएको छ । बैठकले आज पदाधिकारी मात्र चयन गरेको र सदस्यहरु पछि चयन गर्ने सचिव गणेश रिजालले जानकारी दिनुभयो । यसअघि बैठकको युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष निरन्जन झा, केन्द्रिय सचिव राजु अचार्य लगायतको उपस्थिति रहेको थियो । बैठक मधेश प्रदेश कमिटीका अध्यक्ष अर्जुन सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।























