सिमरामा असोज ७ गतेदेखि तेश्रो अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुने

ए वान डेस्क
२३ भाद्र २०८०, शनिबार २०:४०

प्रदिप गौतम /

बाराको सिमरामा असोज ७ गतेदेखि तेश्रो अन्तराष्ट्रिय फुटबल प्रतियोगिता २०८० हुने भएको छ । सिमरा भेट्रान क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता असोज १३ गतेसम्म चल्नेछ । प्रतियोगिताबारे जानकारी दिन आयोजक क्लबले सिमरामा आज पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता संयोजक हरी चौधरीले प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने बताउनुभयो । प्रतियोगितामा ब¨लादेस भेट्रान्स फुटबल क्लब, ईन्द«ेणी एकिकृत विकास केन्द्र पोखरा, कास्की, चाबेल भेट्रान क्लब, सिमरा भेट्रान क्लब, सिमरा, नव जनजागृती युवा भेट्रान क्लब सिमरा, फ्रिडम फाईटर भेट्रान क्लब, काठमाण्डौ, क्लिब हाउस भेट्रान क्बल, कलकत्ता, भारत, विरगञ्ज युथ एकेडेमी भेट्रान क्लब पर्सा, अभिशेक चर्च भेट्रान क्लब, नवलपरासी, दार्जलिङ टाउन भेट्रान क्लब, भारत, चितवन भेट्रान क्लब, चितवन र जहडा भेट्रान क्लब, मोरङको सहभागिता रहने चौधरीले बताउनुभयो ।

सिमरा रंगशालामा हुने प्रतियोगिता स्व. मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजना गर्न लागिएको हो । प्रतियोगिताको बिजेताले नगद २ लाख र उप बिजेताले नगद १ लाख रुपैया पाउनेछन् । प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा स्टिल र मुख्य सहयोगी संस्थामा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय रहेको छ ।

यसैगरी प्रायोजकमा हुलास स्टिल, सुर्य नेपाल, नारायणी रोलि¨ मिल्स, नबिल बैंक, सह–प्रायोजकमा यु आर गोल्ड प्रिमियम मसला चिया, अशोक स्टिल, सहयोगी संस्थामा जीतपुरसिमरा उ.म.न.पा वडा नम्बर १ को कार्यालदेखि वडा नम्बर २४ को कार्यालयसम्म (२४ वटै वडा कार्यालय), एल.एस. न्युरो हस्पिटल विरगञ्ज, नवजनजागृती युवा क्लब सिमरा, बारा जिल्ला फुटबल संघ, विरगञ्ज सिटि भेट्रान, एम.एस सप्लार्यस सिमरा रहेको छ । यस्तै हस्पिटालिटि पार्टनरमा एभर ग्रिन तराई सिमरा हस्पिटल, अलपाईन हस्पिटल, सुसप्त मेडिकल हल सिमरा, लण्ड्री पार्टनरमा यु आर अटोमेटिक लण्ड्री, सिमरा, ब्रोडकाष्टिङ पार्टनरमा गोल नेपाल डटकम, ईनटरनेट पार्टनरमा वल्डलिंक सिमरा, ईन्सुरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी ईन्सुरेन्स (सलिको) रहेको छ ।

प्रतियोगिताको अनुमानित लागत चौबिस लाख उनन्चालीस हजार रहेको संयोजक चौधरीले बताउनुभयो । अन्तराष्ट्रिय भेट्रान प्रतियोगिताको पहिलो संस्करणमा नवलपरासी भेट्रान बिजेता र चितवन भेट्रान उप बिजेता भएको थियो भने दोश्रो सस्कणमा जहडी भेट्रान मोरङ बिजेता र चितवन भेट्रान उप बिजेता भएको थियो ।

प्रतियोगितामा टिकट दर निःशुल्क रहेको संयोजक चौधरीले बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिता सफल्ताको कामना गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी, सगरमाथा लुम्बिनी ईन्सुरेन्स सिमरा शाखाकी प्रमुख रुकु तामाङ लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सिमरा भेट्रान क्लबका कोषाध्यक्ष उमेश चौलागाईले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सिमरा भेट्रान क्लबका अध्यक्ष राजकपुर राउत विजयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संचार संयोजक प्रदिप गौतमले गर्नुभएको थियो ।

./.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*