जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

ए वान डेस्क
११ कार्तिक २०८०, शनिबार ११:१६

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

यही कात्तिक १३ गते सोमबार दिनको २:३० बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी उक्त बैठक बोलाइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार आगामी बैठकमा मधेश प्रदेश सभाका समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार छनोट गर्नेबारे बैठकमा छलफल हुनेछ ।

साथै बैठकमा पार्टीको सङगठन विस्तार तथा सुदृढीकरण अभियानबारे समेत समीक्षा हुने उनले बताए !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*