जीतपुरसिमरा महोत्सवमा प्रथम डान्स च्याम्पियन हुने, बिजेताले ३० हजार पाउने

ए वान डेस्क
११ फाल्गुन २०८०, शुक्रबार ०९:२२

ए वान डेस्क /

जीतपुसिमरा महोत्सव २०८० मा प्रथम डान्स च्याम्पियन हुने भएको छ । फागुन १८ गतेदेखि महोत्सवसंगै डान्स च्याम्पियनपनि शुरु हुनेछ ।

महोत्सव स्थल बजनीमा हुने डान्स च्याम्पियनको बिजेताले नगद ३० हजार रुपैया प्राप्त गर्ने आयोजक नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले जानकारी दिनुभयो ।

यसैगरी द्धित्तियले २० हजार, तृत्तियले १० हजार र चौथो हुनेले ५ हजार रुपैया प्राप्त गर्नेछन् । डान्स च्याम्पियनमा सहभागि हुन बिद्यालय, क्याम्पस, क्लब वा एक्लै पनि नाम दर्ता गराउन सकिनेछ ।

नाम दर्ता गराउनेको लागी अयोजकले फागुन १५ गतेसम्मको समय दिएको छ ।

नोट : नाम दर्ता वा थप जानकारीका लागी सनम थापा ९८२१२५८३७४ मा सम्पर्क गर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*