मधेश सरकारमा एमालेकाे इन्ट्री, चार मन्त्रीकाे नाम फाइनल

ए वान डेस्क
५ चैत्र २०८०, सोमबार १६:०५

नेकपा एमाले मधेश सरकारमा सहभागी हुने भएको छ । सोमबार मन्त्रिपरिषद् पुनःगठन हुने र त्यसमा एमाले सहभागी हुने निश्चित भएको नेताहरूले जानकारी दिएका छन् ।

स्राेतका अनुसार मधेश सरकारमा एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकासमन्त्री, रजकुमार लेखी गृह सञ्चार तथा कानुनमन्त्री, शारदा थापा स्वास्थ्य तथा जनसंख्यामन्त्री र सत्रुधनप्रसाद सिंह शिक्षा तथा संस्कृति मन्त्रीकाे शपथ खाँदै छन् ।

उनीहरूकाे केहीबेरमा शपथ हुने छ । थापा पहिलोपटक मन्त्री बन्दै छिन् भने बाँकी तीन जना यसअघि मन्त्री भइसकेका नेता हुन् । विगतमा कांग्रेसले नेतृत्व गरेका तीनवटा मन्त्रालय र जनमतले नेतृत्व गरेको शिक्षा तथा सांस्कृतिक मन्त्रालय एमालेले पाएकाे हाे ।

संघमा गठबन्धन परिवर्तन भएसँगै प्रदेश सरकारमा एमाले सहभागी हुन लागेकाे हाे । कांग्रेसका मन्त्रीहरूसँग मुख्यमन्त्री यादवले राजीनामा मागे पनि उनीहरूले राजीनामा दिएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*