राष्ट्रिय सभाको जेठ मसान्तसम्मको कार्यतालिका तय

ए वान डेस्क
१८ जेष्ठ २०८१, शुक्रबार १५:३१

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठ मसान्तसम्मको बैठकको कार्यतालिका टुङ्ग्याएको छ।

विभिन्न तीन अजेन्डाका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार सिंहदरबारमा बसेको थियो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठकलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सकारात्मक सहयोग गर्न राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आग्रह गरेका थिए ।

सभावित कार्यतालिका अनुसार अब राष्ट्रिय सभाको बैठक जेठ २०, २१, २२, २८ र २९ गते बस्ने छ । बैठक बस्ने दिनहरूमा मुख्य गरी बजेटमाथि छलफल हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*