भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपतिलाई बुझाए राजीनामा पत्र

ए वान डेस्क
२३ जेष्ठ २०८१, बुधबार १५:४५

 

लोकसभा चुनावको ताजा नतिजापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा पत्र बुझाएका छन् ।

प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद्सहित बुझाएको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेकी छन् । राष्ट्रपतिले प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्न जिम्मा दिएकी छन् ।

लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ । मोदी नेतृत्वको एनडीए गठबन्धनले २९२ सिट जितेको छ । यस्तै कांग्रेस नेतृत्वको विपक्षी इन्डिया गठबन्धनले २३४ सिट जितेको छ ।

 

कुनै पनि दललाई बहुमत नभएकाले आगामी दिनमा कसरी सरकार बन्छ भन्ने अझै अनिश्चित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*