कांग्रेस र लोसपाले मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

ए वान डेस्क
२३ जेष्ठ २०८१, बुधबार १७:१९

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेस र लोसपाले विश्वासको मत दिने भएका छन् ।

कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक कुमारकान्त झाले जानकारी दिए । यस्तै लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको बताए ।

 

मुख्यमन्त्री यादवले बुधबार प्रदेशसभामा विश्वासको मत दिँदैछन् ।

मधेश प्रदेश सभामा कांग्रेसको २२, जसपाको १९ र लोसपाको ८ सिट छ । यो संख्या ४९ मात्र पुग्छ । मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिन ५४ सांसदको समर्थन जुटाउनुपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*