गिरीबन्धुुबारे योगेश भट्टराईलाई विश्वप्रकाशको जवाफ : संसद्को तथ्य हेरेर बोल्नुहोला

ए वान डेस्क
२४ जेष्ठ २०८१, बिहीबार १४:५४

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले नेकपा एमालेका सांसद योगेश भट्टराईलाई संसद्को तथ्य हेरेर मात्रै बोल्न आग्रह गरेका छन् ।

जेठ २२ गते प्रतिनिधि सभाको बैठकमा एमाले सचिवसमेत रहेका भट्टराईले गिरीबन्धुु टी–इस्टेटको जग्गा सट्टापट्टा गर्ने गरी कानुन बनाउँदा कांग्रेसले संशोधन नहालेको अभिव्यक्ति दिएका थिए ।

बिहीबार प्रतिनिधि सभाको बैठकबाटै कांग्रेस महामन्त्री शर्माले गलत तथ्य बोलेको भनेर कांग्रेसका सांसदहरूले क–कसले संशोधन राखेका थिए भनेर विवरण नै सुनाए ।

शर्माले भने, ‘उहाँले ९योगेश०ले भन्नुभयो– कांग्रेसले किन संशोधन हालेन । संसद्को तथ्यले भन्छ– प्रतिनिधि सभा र राष्ट्रिय सभामा कांग्रेसका तत्कालीन सांसदहरूले संशोधन राखेका थिए ।’

 

कांग्रेसका तकालीन सांसद राधेश्याम अधिकारीले राष्ट्रिय सभामा संशोधन राखेको तर उनको संशोधन बहुमतले अस्वीकृत भएको शर्माले सुनाए ।

‘जग्गा स्टापट्टा वा स्थानान्तरणको स्वीकृति दिन सकिने व्यवस्था सहितको विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएपछि राधेश्याम अधिकारले संशोधन हाल्नुभयो । तर विधेयक बहुमतले पारित भयो । कांग्रेसले विरोध गर्‍यो । त्यो मिति २०७६ साल भदौ ३० र ३१ गते थियो,’ महामन्त्री शर्माले भने ।

प्रतिनिधि सभामा २०७५ फागुनमा विधेयक पुगेको र त्यसबेला कांग्रेसका तत्कालीन सांसदहरू डिला संग्रौला, लक्ष्मी परियार, दिव्यमणि राजभण्डारी र देवप्रसाद तिमिल्सनाले संशोधन हालेको महामन्त्री शर्माले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*