मुकुल ढकालको दाबी- मेरो स्पष्टीकरण पार्टी कार्यालयले दर्ता गर्न मानेन

ए वान डेस्क
२२ असार २०८१, शुक्रबार १६:०२

 

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महामन्त्रीबाट निलम्बनमा परेका डा. मुकुल ढकालले स्पष्टीकरण पार्टी कार्यालयले बुझ्न नमानेको दाबी गरेका छन्।

ढकालमाथि पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो।

उक्त स्पष्टीकरण आफूले बुधबार पार्टी कार्यालयमा बुझाउन खोजे पनि बुझ्न नमानिएको ढकाल दाबी गर्छन्।

 

‘मैले स्पष्टीकरण पार्टी कार्यालयमा बुझाउन खोजेको दर्ता नै गरिएन,’ ढकालले भने, ‘सभापतिको आदेशअनुसार मेरो स्पष्टीकरण पार्टी कार्यालयले बुझ्न नै मानेन। स्पष्टीकरण दिएन भनेर मलाई कारबाही गर्न खोजिँदैछ।’

ढकाललाई रास्वपाले असार १९ गते सात दिनका लागि महामन्त्रीबाट निलम्बन गरेको थियो।

ढकालले पार्टी अनुशासनविपरीत समीक्षा यात्राको प्रतिवेदनका विषय सार्वजनिक गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*