सरकारको दोहोरो चरित्रका कारण वीरगन्जको विकास ओझेलमा: प्रभु साह
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगन्जको विकासमा सरकार र राजनीतिक दलहरूले बेइमानी गरेको टिप्पणी गरेका छन् । सरकार र नेताहरूको दोहोरो चरित्रका कारण वीरगन्जको विकास ओझेलमा परेको उनको भनाइ छ ।
वीरगन्ज स्थित नारायणी रङ्गशालाको आज निरीक्षण गर्दै आजपा अध्यक्ष साहले सरकारको दोहोरो चरित्रका कारण नारायणी रङ्गशाला जीर्ण बनेको बताए ।
केही नेताहरूका कारण नारायणी रङ्गशाला जीर्ण भएको र विभेदको सिकार बनेको बताउँदै अब प्रभु साह चुप लागेर नबस्ने चेतावनी समेत दिए ।
वीरगन्जबाट राजस्व लिने तर वीरगन्जको विकासका लागि सरकारले केही नगर्ने हो भने जनताले हिसाब किताब गर्नुपर्ने उनले बताए ।























