कांग्रेसका मन्त्रीहरुको बिफ्रिङ– अप्ठ्याराहरू बाँकी नै छन्

ए वान डेस्क
३ माघ २०८१, बिहीबार १३:०२

कांग्रेसबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरूले सोचे अनुसार काम गर्न नसकेको र अप्ठ्याराहरू बाँकी रहेको  ब्रिफिङ गरेका छन् ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी कांग्रेस संसदीय दल कार्यसमिति बैठकमा बोलाइएका मन्त्रीहरूले आफ्नो मन्त्रालयमा भइरहेका काम बारे ब्रिफिङ गरेका हुन् ।

बैठकबाट निस्किएका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रीहरूबाट प्रत्येक मन्त्रालयको विस्तृत जानकारी गराउने काम भइरहेको बताए ।

जसमा कस्ता काम भए‚ के राम्रा काम भए र भविष्यमा कसरी काम गर्दै मन्त्रालयलाई प्रभावकारी बनाउने भन्ने विषय सभापति लगायत नेताहरूसँग ब्रिफिङ भइरहेको उनको भनाई छ ।

मन्त्रीहरूले काम गर्ने जुन सोचका साथ अघि बढे पनि अझैपनि यसमा समस्या रहेको ब्रिफिङ गरेको उनले बताए । नेताहरूले पनि यसका लागि कसरी समाधान गर्न सकिन्छ भनेर उपाय दिएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*