सहमतिअनुसार काम गर्न मन्त्रीहरुलाई कांग्रेस सभापति देउवाको निर्देशन

ए वान डेस्क
३ माघ २०८१, बिहीबार १५:३६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस-एमालेबिच भएको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् ।

आफ्नै निवासमा दलबाट प्रतिनिधित्व गरेर सरकारमा गएका मन्त्रीहरूको ब्रिफिङ सुनेपछि देउवाले सात बुँदे सहमति सफल बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

बैठकमा सहभागि गृहमन्त्री रमेश लेखकका अनुसार देउवाले सबै मन्त्रीहरूको कुरा सुनेपछि यस्तो बताएका हुन् ।

बैठकमा हामी दुई दल मिलेर सरकार बनेको र गठबन्धनमा कुनै समस्या तथा बाधा अप्ठ्यारा नभएको भन्दै छलफल भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*