राष्ट्रपति पौडेलले गरे निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग आयोजनाको निरीक्षण

ए वान डेस्क
४ माघ २०८१, शुक्रबार १४:०७

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा भइरहेका काम कारबाही र प्रगतिबारे जानकारीसमेत लिएका छन् ।

उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिए ।

मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना  नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधि भित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए ।

काठमाडौँ, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठुलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*