संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने सरकारको निर्णय

ए वान डेस्क
७ माघ २०८१, सोमबार १६:३७

सरकारले संघीय संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १६ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपति पौडेललाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

विपक्षी दललले सरकारले संसद अधिवेशन बोलाउन ढिला गरेर अध्यादेशमार्फत सरकार सञ्चालन गर्न लागेको भन्दै सरकारको आलोचना गर्दै आएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*