पुष्पक एक्सप्रेस दुर्घटनामा मर्ने चार नेपालीकाे सनाखत

ए वान डेस्क
१० माघ २०८१, बिहीबार १६:०६

भारतमा पुष्पक एक्सप्रेस दुर्घटनामा मृत्यु भएका चार नेपालीकाे सनाखत भएकाे छ । दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये चार नेपालीको सनाखत भएको हो ।
प्रहरीले मृतकका आफन्तहरूसँग सम्पर्क गरिरहेको छ । बुधबार करिब ५ बजे जलगांवमा पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाह फैलिएको थियो । त्यसपछि हतारिएर यात्रीहरू झ्यालबाट हाम फाल्न लागे ।
यसक्रममा अर्को लिकमा आइरहेको रेलले ठक्कर दिँदा घटनास्थलमै १२ जनाको मृत्यु भएकाे थियो । अन्य कयौँ घाइते भएका थिए । घाइतेहरूको उपचार भइरहेको बताइएको छ । सनाखत भएका चार जना नेपालका भएको प्रहरीले बताएको छ । मृतकहरू ४२ वर्षीय कमला नवीन भण्डारी, ४० वर्षका लच्छीराम कन्नु पाशी, १० वर्षका हिमु नंदराम विश्वकर्मा र ८० वर्षीय जयकला बडे जयकाडी हुन् ।

यीमध्ये तीन जना उत्तर प्रदेशमा बस्दै आएका थिए । दुर्घटनाका अरु १० जना घाइतेको विभिन्न निजी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*