रविको मुद्दामा रुपन्देही अदालतमा जाहेरवालाको बहस जारी

ए वान डेस्क
११ माघ २०८१, शुक्रबार १२:४७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए ।

सोही दिन उनको बयान सकिएको थियो । हिजो बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।

बिहीबार सरकारी वकिलहरूले बहस गरेका थिए । आज जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरिरहेका छन् ।

अहिले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बहस गरिरहेका छन् । त्यसपछि प्रतिवादीका तर्फबाट रविका वकिलहरूले बहस गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*