सेण्ट अल्फोन्सास स्कुलमा विद्यालय स्तरीय तेश्रो अल्फोन्सीयन कप शुरु, नवोदयको विजयी शुरुवात

ए वान डेस्क
११ माघ २०८१, शुक्रबार १९:०६

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहामा रहेको सेण्ट अल्फोन्सास स्कुलमा तेश्रो अल्फोन्सीयन कप फुटबल शुरु भएको छ ।

चितवन, वीरगञ्ज र जीतपुरसिमराका १२ विद्यालय सहभागि प्रतियोगिताको उद्घाटन शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गर्नुभयो । विद्यालयले आयोजना गरेको प्रतियोगितामा विभिन्न जिल्लाका विद्यालय समेतको सहभागिताले यहाँका विद्यार्थीको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै प्रमुख अतिथी चौधरीले विद्यालयको प्रशंसा गर्नुभएको थियो ।

अतिरिक्त कृयाकलापमा आफूलाई यस क्षेत्रकै अब्बल विद्यालयका रुपमा स्थापित गर्न सफल रहेको भन्दै प्रदेश सभा सदस्य चौधरीले सेण्ट अल्फोन्सास स्कुललाई आवश्यक सहयोग गर्न आफू सँधै तयार रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सेण्ट अल्फोन्सास स्कुलकी प्रिन्सिपल सिस्टर टेसाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा लोटस एकेडमीका संस्थापक रामप्रसाद अधिकारी, अल्पाईन अस्पताल सिमराका संस्थापक शिवकुमार शर्मा, समाजसेवी रविन्द्र खकुरेल, त्रिलोक विक्रम शाह, नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनील गाउँले लगायत विभिन्न विद्यालयका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक श्याम दुतराजले गर्नुभएको थियो ।

प्रतियोगितामा चितवन खैरहनीमा रहेको नवोदय स्कुल, वीरगञ्ज परवानीपुरमा रहेको लिटिल फ्लावर स्कुल सहित आयोजक सेण्ट अल्फोन्सास स्कुल, पाथीभरा इंगलीस स्कुल सिमरा, अक्षरा पाठशाला सिमरा, राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरवाना, व्राईटर एकेडेमी सिमरा, सेण्ट जोन्स स्कुल सिमरा, लोटस एकेडेमी सिमरा, एकता स्कुल सिमरा, एक्स सर्भिसमेन चिल्ड्रेन एकेडेमी डुमरवाना र सिमरा पव्लिक इंगलिस स्कुल सिमरा गरी १२ विद्यालयको सहभागिता रहेको छ ।

शुक्रबार सम्पन्न उद्घाटन खेलमा आयोजक सेण्ट अल्फोन्सास स्कुललाई चितवनको नवोदय स्कुलले ३–१ गोल अन्तरले पराजित गरेको छ । शनिवार प्रतियोगितामा तीनवटा खेलहरु हुनेछन् ।

पहिलो खेल विहान ११ बजे लोटस एकेडेमी र एकता स्कुलको विचमा हुनेछ भने दोश्रो खेल सिमरा पव्लिक र पाथीभरा इंगलिस स्कुलको विचमा दिउसो १ बजे हुनेछ । यसैगरी तेश्रो खेल सेण्ट जोन्स एकेडेमी सिमरा र एक्स सर्भिसमेन चिल्ड्रन एकेडेमीको विचमा दिउसो ३ बजे शुरु हुने सेण्ट अल्फोन्सास स्कुलका शिक्षक अभिषेक कर्णले जानकारी दिनुभयो ।

प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*